Incident Reports

नेकपा नेता केसीको हत्या आरोपमा एक जना पक्राउ

2022-08-04

Karnali, Salyan, Bagchaur, Ward 10

सल्यान — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता लोकमान खत्री केसीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लोकमानका छोरा लोकेशकुमार खत्रीको जाहेरीका आधारमा प्रहरीले छत्रेश्वरी गाउँपालिका–१ का ४० वर्षीय टोपबहादुर खत्रीलाई पक्राउ गरेको हो । बिहीबार बिहान बागचौर नगरपालिका–१० मोख्लाको शिवगुफा सामुदायिक वननजिकै लोकमान झोला भिरेकै अवस्थामा मृत भेटिएका थिए । टोपबहादुरलाई उनको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी सुमित खडकाले बताए । उनका अनुसार टोपबहादुर थारमारे बजारमा लोकमानसँगै बसी मदिरा सेवन गरी मोख्लाबजार जाने भनी उनीसँगै हिँडेका थिए । जिल्ला अदालतबाट ५ दिनको म्याद लिई टोपबहादुरविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत भेटिएका लोकमान नेकपा विशेष कमिटी सदस्य थिए । पोस्टमार्टमपश्चात नेता केसीको शुक्रबार बिहान दाहसंस्कार गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports