Incident Reports

जिल्ला अस्पतालमा उपकरण र औषधीको अभाव l

2014-08-19

Karnali, Kalikot, Khandachakra, Ward 11

जिल्ला अस्पतालमा आवश्यक उपकरण र औषधीको अभाव भएपछि बिरामीहरू मर्कामा परेका छन् । नेपाल सरकारले कर्णाली अञ्चललाई निःशुल्क स्वास्थ्य सेवा दिने नीति घोषणा गरेको वर्षौँ बितेको भए पनि जिल्ला अस्पताल कालीकोटमा सामान्य उपकरण नभएपछि बिरामीहरूले सास्ती भोग्नु परेको हो । जिल्ला अस्पतालमा एक्सरे, अक्सिजन दिने कन्सनटेटर, स्टेनलगायतका उपकरणहरूको अभाव रहेको अस्पतालले जनाएको छ । जिल्लामा बत्ती हुनु र जनशक्तिको अभाव लगायतका समस्याहरू समेत रहेका छन् । जिल्ला अस्पतालमा रहेको आपतकालीन ल्याबमा टेक्निसियन नहुँदा सञ्चालनमा नआउनु, डाक्टरको दरबन्दी भएपनि विशेषज्ञ डक्टर नभएका कारण सामान्य बिरामी पनि नेपालगञ्न, सुर्खेत सिफारिस गर्नु परेको जिल्ला अस्पताल कालिकोटका प्रमुख सूर्य भुसालले बताए । उनले भने उपकरणहरू सञ्चालन हुन नसकेर खिया लागेका छन् । यस्तै जिल्लाका विभिन्न गाविसहरूमा रहेका उपस्वास्थ्य चौकीहरूमा दरबन्दी अनुसारको जनशक्ति नहुँदा गाउमा बिरामीहरू मर्कामा परेका छन् । जिल्लाका पाँचओटा गाविसमा बर्थिङ सेन्टरको पक्की भवन बनेको एक वर्षबिते पनि अनमीको दरबन्दी नभएका कारण प्रयोगमा आउन नसकको गाउँ स्वास्थ्य समितिका अध्यक्ष एवम् गाविस सचिव तिलबहादुर विष्टले बताए । जिल्लामा एक अस्पताल,एक प्राथमिक उपचार स्वास्थ्य केन्द्र, नौ स्वास्थ्य चौकी, १९ उपस्वस्थ्य चौकी रहेको भए पनि औषधी,उपकरण र जनशक्ति पर्याप्त मात्रमा छैनन् । कालीबहादुर मल्ल

0 Comments

Related Reports
Related Trend Analysis