Incident Reports

एमसीसी, एसपीपी र महंगीको विरोध गर्दै धनगढीमा प्रदर्शन

2022-08-07

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी–एमसीसी तथा एसपीपी सम्झौताको खारेजी, चर्को महँगी नियन्त्रण तथा नेपाल कम्युनिष्ट पार्टीसँगको तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै धनगढीमा संयुक्त विरोध प्रदर्शन भएको छ।

चार दलीय कार्यगत एकता गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवाद कम्युनिष्ट पार्टी नेपाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीको आयोजनामा संयुक्त विरोध प्रदर्शन भएको हो। धनगढीको ट्राफिक चौराहबाट सुरू भएको विरोध प्रदर्शन मुख्यमन्त्री कार्यालयको गेटमा गएर कोणसभामा परिणत भएको थियो। 

कोणसभालाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य श्याम कुँवरले राज्यले चर्को महंगी नियन्त्रण गर्नुको साटो कालोबजारीलाई संरक्षण गरिरहेको बताउँदै त्यसका विरुद्ध आफूहरु सडकमा आउनुपरेको उल्लेख गरे। नेकपासँग तीन बुँदे सहमति गरेको सरकारले नेकपाका नेता–कार्यकर्ताका नाममा पक्राउ पुर्जी जारी गरेको बताउँदै राज्यदमन नरोकिए आफ्नो पार्टी नेकपासँग बन्दुक बोकेर लड्नसमेत तयार रहेको बताए।

नेपाल कम्युनिष्ट पार्टीका कैलाली सेक्रेटरी गणेश ढकालले संसदवादी शक्तिले एमसीसी संसदबाट पारित गरे पनि आफ्नो पार्टीले कार्यान्वयन हुन नदिने बताए। एसपीपी सम्झौतामार्फत् नेपालमा अमेरिकी सेना भित्र्याउन खोजेको बताउँदै उनले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि संघर्षमा उत्रन आव्हान गरे। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Secondary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN-M (Baidya)
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments