Incident Reports

नेविसंघलाई पूर्णता दिन माग गर्दै सानेपामा प्रदर्शन

2022-08-08

नेपाली कांग्रेसले नेविसंघलगायत भ्रातृ संस्थालाई पूर्णता नदिएको विरोधमा विद्यार्थीहरूले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन्। कांग्रेस केन्द्रीय समितिले साउन मसान्तभित्र भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयनमा आएको छैन। नेविसंघमा अध्यक्ष दुजाङ शेर्पा मात्रै छन् पदाधिकारी र केन्द्रीय समिति नै छैन। नेता शेखर कोइरालानिकट विद्यार्थीले नेविसंघलाई पूर्णता दिनुपर्ने मागसहित आज सानेपामा प्रदर्शन गरेका हुन्। नेविसंघ नेता दिनेश शाहीले भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरे पनि कार्यान्वयन नभएकोले प्रदर्शन गरिएको बताए। भ्रातृ संस्थालाई पूर्णता दिँदा कोइराला पक्षसँग पनि समन्वयन गरिनुपर्ने उनीहरूको भनाइ छ। नेविसंघ नेता भुवन भट्टले केन्द्रीय समितिको निर्णय नै कार्यन्वयन नभएकोले पार्टी कार्यालयमा प्रदर्शन गरेर नेताहरूको ध्यानाकर्षण गराइएको बताए। उनले साउनभर भ्रातृ संस्थालाई पूर्णता दिन नेताहरूलाई खबरदारी गरिराख्ने बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments