Incident Reports

अचानोले हानेर श्रीमानको हत्या

2022-08-09

Bagmati, Chitawan, Bharatpur

श्रीमतीले अचानो प्रहार गर्दा भरतपुरमा ५६ वर्षीय टीकाराम विकको मृत्यु भएको छ। घरायसी विवादमा भरतपुर महानगरपालिका-२१ बस्ने ५४ वर्षीय बिनमाया विकले श्रीमान टीकारामलाई अचानोले हानेकी थिइन्। टाउकोमा गम्भीर चोट लागेर अत्याधिक रक्तस्रावका कारण टीकारामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए। भित्रबाट चुकुल लगाइएको कोठामा खुट्टाले भुँइमा टेकेर टाउको र जीउको भाग खाटमा घोप्टो परेर मृत्यु भएको अवस्थामा प्रहरीले फेला पारेको हो। बिनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पोष्टमार्टमको लागि टीकारामको शव भरतपुर सरकारी अस्पतालमा राखिएको छ। थप  अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports