Incident Reports

छाेरीकाे प्रेमीलाई बन्धक बनाएर निर्घात कुटपिट गरेकाे अभियाेगमा बुवासहित दुई जना पक्राउ

2022-08-10

Lumbini, Dang, Rajpur

दाङ-दाङमा छाेरीकाे प्रेमीलाई घरमा बाेलाएर निर्घात कुटपिट गर्ने बुवा पाटेश्वर यादव लगायत तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ। राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरियाका १९ वर्षीय मन्साराम यादव कुटपिटबाट गम्भीर घाइते भएका छन्। उनकाे टाउको, हातखुट्टा, नाक र मुखमा गहिरो चोट लागेको छ। कुटपिट गरेकाे अभियाेगमा पाटेश्वर यादव र उनका दाइ धिरजबहादुर यादवलाई पक्राउ गरिएकाे छ।

`घटनालाई प्रहरीले नजिकबाट अनुसन्धान गरिरहेकाे छ´, दाङका प्रहरी प्रमुख एसपी शुरेस काफ्लेले भने,`भागेकाहरूकाे पनि खाेजी जारी छ। कसैलाई पनि उम्कन दिदैनाैँ।´ घटनाकाे बारेमा प्रहरीले अनुसन्धान अघि बढाएकाे छ। घटना प्रेम सम्बन्ध केटी पक्षकाले स्वीकार गर्न नसक्दा हुन गएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ।

मन्साराम यादव जनज्योति माध्यमिक विद्यालय बेला कक्षा १२ मा पढ्दैछन्। साेही विद्यालयमा पढाउने शिक्षक पाटेश्वर यादवले आफ्नी छाेरीसँग प्रेम गाँसेकाे भन्दै मन्सारामलाइ बन्धक बनाएर कुटपिट गरेकाे उजुरी इलाका प्रहरी कार्यालय गढवामा परेकाे छ। दुवैबीच प्रेम सम्बन्ध रहेको केटीका बाबुले थाह पाएपछि प्रहरीका अनुसार घरसल्लाह गरेर कुटपिटकाे योजना बनाएकाे रहस्य खुलेकाे छ।

साेही याेजना अनुसार साउन २० गते छोरीलाई विभिन्न डर धम्की देखाएर मन्सारामलाई बोलाउन लगाएका थिए। कुटपिटबाट मन्साराम गम्भीर घाइते भएका छन्। इटा, ढुंगा, चिर्पट, भाटा, लाठीले अन्धाधुन्ध प्रहार गरेको पीडित मन्सारामले प्रहरी सामु बयान दिएका छन्। घाइते यादवकाे वेस्टर्न हस्पिटल नेपालगन्जमा उपचार भैरहेको छ।

मन्सारामलाई केटीका आफन्तले नक्कली चोर बनाएको कागजसमेत प्रहरीले बरामद गरेको छ। कागजमा केटीका आफन्तले ती केटालाई ‘म चोरी गर्न आएको थिएँ, चोरी गर्दागर्दै घरधनीले फेला पारी सामान्य कुटपिट गरेको र प्रहरीमा उजुर गर्ने छैन, यदि गरेको खण्डमा यही कागजका आधार उजुरी फिर्ता लिइने छ’, भन्ने लिखित कागज गरेका थिए।उक्त कागजमा केटालाई जबरस्ती सहीछाप गर्न लगाएको पीडितले प्रहरीसामु बयान दिएको प्रहरीले बताएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports