Incident Reports

रौतहटमा राष्ट्रपति भण्डारीकाे पुत्ला दहन

2022-08-16

Madhes, Rautahat, Garuda

लोसपा नेपालका कार्यकर्ताहरुले रौतहटमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएका छन्। मंगलबार दिउँसो लोसपा नेता लीला साहको नेतृत्वमा लोसपा कार्यकर्ताहरुले राष्ट्रपतिविरुद्ध विभिन्न नाराबाजी गर्दै पुत्ला जलाएका हुन्। जिल्लाको मध्ये भागमा रहेको गरुडा बजारमा लोसपाका कार्यकर्ताहरुले चर्का नाराबाजी पनि गरेका छन्। संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणको लागि पठाइएको नागरिकता विधेयकलाई राष्ट्रपतिले संसदमै फिर्ता पठाएको भन्दै लोसपा कार्यकर्ताहरुले विरोध जनाएका हुन्। नागरिकता विधेयक पुनः पारित गरी प्रमाणीकरणका लागि तत्काल पठाउनु पर्ने माग पनि लोसपा कार्यकर्ताहरुले गरेको कार्यक्रममा सहभागी युवा नेता उमेश यादवले जानकारी गराएका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Lokatantrik Samajwadi Party (LoSaPa)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments