Incident Reports

नागरिकता विधेयकको विरोधमा नेमकिपाद्वारा प्रदर्शन

2022-08-18

Bagmati, Kathmandu, Kathmandu

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले नागरिकता विधेयकको विरोधमा प्रदर्शन गरेको छ। नागरिकता विधेयक राष्ट्रघाती रहेको भन्दै नेमकिपाले खारेज गर्न माग गर्दै काठमाडौंको बानेश्वरमा विरोध जुलुस निकालेको हो।

प्रदर्शनमा सहभागीले ‘नेपाली लेन्डुपहरू – मुर्दावाद’, ‘देशघाती नागरिकता विधेयक खारेज गर’ भन्दै नारा लगाएका थिए।

विदेशीको प्रभावमा उक्त विधेयक ल्याइएको भन्दै नेमकिपाले विरोध जुलुस निकालेको हो।

६ साउनमा प्रतिनिधिसभा र १३ साउनमा राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २९ मा फिर्ता पठाएकी थिइन्।

उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव आजको संसद्को कार्यसूचीमा रहँदा संसद् भवन क्षेत्रमा नेमकिपाले विरोध जुलुस निकालेको छ।

अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepal Workers and Peasants Party (NWPP)
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments