Incident Reports

एमाले र माओवादीका कार्यकर्ताबीच झडप हुँदा एक जना प्रहरीसहित ३ घाइते

2022-08-20

Madhes, Sarlahi, Hariwan

सर्लाही । सर्लाहीको हरिवनमा शनिबार राति नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच झडप हुँदा एक जना प्रहरीसहित ३ जना घाइते भएका छन् ।

हरिवन माछा बजारमा कौडी उठाउने विषयमा भएको विवादलाई राजनीतिक रंगदिंदा उनीहरुबीच झडप भएको हो । पछिल्लो समय हरिवनमा स–साना विषयलाई पनि राजनीतिक रंगदिंदा समय-समयमा तनावको स्थिति सिर्जना भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।

झडपमा स्थानीय मनोज बैठा र नुरसबा खातुन घाइते भएका छन् । दुई पक्षबीच कुटाकुट हुँदा घाइते भएका उनीहरुको नमूना अस्पताल हरिवनमा उपचार चलिरहेको छ । त्यस्तै, झडपमा ढुंगा प्रहार हुँदा प्रहरी जवान कासिम मियाँ धोबी पनि घाइते भएका छन् ।

टाउकोमा चोट लागेर घाइते धोबी उपचार पश्चात डिस्चार्ज भइसक्नुभएकाे प्रहरीले जनाएकाे छ । शनिबार दिउँसो हाटबजार लाग्दा माछा बजारमा कौडीबापत १ सय ५० रुपैयाँ उठाउनुपर्ने ठाउँमा ठेकेदारले २ सय रुपैयाँ उठाएको भन्दै त्यसैबाट विवाद सुरु भएको प्रहरीले जनाएकाे छ ।

हरिवनको माछा बजार यसअघि एमालेका कार्यकर्ताले ठेक्का लिएकोमा अहिले माओवादी कार्यकर्ताले नयाँ ठेक्का लिएका छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people N
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
Total Injured 3
Female Injured 1
National/Online Media

0 Comments