Incident Reports

रौतहटमा कुलोको विवादमा कुटपिट, एकजनाको मृत्यु

2022-08-15

Madhes, Rautahat, Chandrapur, Ward 4

रौतहटको चन्द्रनिगाहापुर–४ स्थित पैनिटोल बस्ने ७७ वर्षका गोपाल घिमिरेको कुटपिटबाट मृत्यु भएको छ । साउन २८ मा कुलोको विषयमा विवाद हुँदा उनीमाथि कुटपिट भएको थियो । उपचारका क्रममा उनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले रातोपाटीलाई बताए ।

कुलोमा फोहोर जम्मा भएको विषयमा विवाद हुँदा एउटा समूहले उनीमाथि आक्रमण गरेको थियो । सोमबार घिमिरेको मृत्यु भएपछि स्थानीयले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर अगाडि प्रदर्शन गरेका छन् । स्थानीयले ‘कर्तव्य ज्यान मुद्दा’ दर्ता गरेर घटनाबारे अनुसन्धान गर्न माग गरेका छन् ।

असार २९ मा प्रहरीले जाँचका केश फारम भरेर उपचारका लागी पठाएको थियो । पहिले वीरगञ्जमा उपचार गरेर घिमिरेलाई उनका आफन्तले काठमाडौं ल्याएका थिए । काठमाडौंमा पहिलो केएमसी अस्पतालमा उपचार गराएर उनी फेरि त्रिवि शिक्षण अस्पतालमा गएका थिए । त्रिवि शिक्षण अस्पतलामा उपचारको क्रममा उनको मृत्यु भएको  ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports