Incident Reports

कार्यकक्षमै वडाध्यक्षमाथि हातपात

2022-08-23

Bagmati, Makawanpur, Hetauda, Ward 4

हेटौंडा : हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि कार्यकक्षमा नै हातपात भएको छ। नेकपा एमालेका सचिव समेत रहेका वडाध्यक्ष सिग्देलमाथि एमालेकै जिल्ला सदस्य सानु लामा दोङले हातपात गरेका हुन्। कुटाइ खाएका वडाध्यक्ष सिग्देलले लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिइसकेका छन्।

सिग्देलले आफूमाथि हातपात भएको भन्दै कारवाही माग गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। उनले सिग्देलको उजुरी परेलगत्तै हातपात गर्ने लामाको घरमा प्रहरीले छापा मारेको बताए तर लामा फरार रहेको प्रहरी प्रवक्ता कार्कीको भनाइ छ। ‘उहाँहरूको पार्टीगत कुरा रहेछ। आफूमाथि हातपात भएकाले कारबाहीको माग गरेर वडाध्यक्षले उजुरी दिनुभएको छ। कुटपिट गर्ने लामालाई हामी खोजिरहेका छौं’,कार्कीले भने।

पिटाइ खाएका वडाध्यक्ष सिग्देलले आफूमाथि गलत काम भएको प्रतिक्रिया दिए। थाहाखबरसँग खुलेर बोल्न नचाहेका सिग्देलले भने, ‘ममाथि जे भयो गलत भयो। यति भन्छु, अरू धेरै कुरा गर्दिनँ।’ आफ्नै पार्टीको जिल्ला सचिव रहेका सिग्देललाई लामाले किन हातपात गरे भन्नेबारे अझै खुलेको छैन।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports