Incident Reports

कुटपिट गर्ने पतिविरुद्ध प्रहरीमा उजुरी l

2014-09-09

Karnali, Jumla, Hima

Man Datta Rawal बड्की गाविस-३ की २६ वर्षीया चन्द्रमाया रावत रोकायले २७ वर्षीय पति वृष रोकायाले खानालाउन नदिइ कुटपिट गरको भन्दै अंशसहित सम्वन्ध बिच्छेदको मुद्दा जिल्ला अदालत जुम्लामा भदौ २३ गते दर्ता गराएकी छन् । चन्द्रमाया रावत रोकाय र वृष रोकायाको २०६६ सालमा विवाह भएको थियो । वृष रोकाया रामदेव माध्यामिक विद्यालयको शिक्षक हुन् । आरोपितले पटकपटक कुटपिट गर्ने र खानालाउन नदिने गरे पछि मिलेर बस्न गाह्रो भएको पीडितले बताइन् । मुद्दा दर्ता भएकाले कानुनअनुसार कारबाही अगाडि बढाइने जिल्ला अदालतका नासु नन्द धितालले बताए । मानदत्त रावल

0 Comments

Related Reports
Related Trend Analysis