Incident Reports

यातायात मजदुरमाथि धारिलो हतियार प्रहार

2022-08-23

Karnali, Surkhet, Birendranagar, Ward 9

वीरेन्द्रनगर नपा–९ घरभई हिल्सा यातायात समिति, सुर्खेतमा कार्यरत ३४ वर्षीय यातायात मजदुर ललित गुरुङ्गलाई भदौ ७ गते दिउँसो सोही ठाउँका ३८ वर्षीय उपेन्द्र शाही र पटक शाहीले धारिलो हतियार प्रहार गरेका छन । ढाँडमा चोट लागेका ललितको माया नर्सिङहोममा प्राथमिक उपचार पश्चात थप उपचारका लागि काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिनु भएको छ । घाइतेको अवस्था सामान्य रहेको छ । घटनामा संलग्न दुवैजना फरार रहेको र हाल खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कार्कीले बताउनुभयो । हिल्सा यातायात समिति सुर्खेतमा कामगर्दै आएका ललितलाई केही दिनअघि समितिले कामबाट निकालेको थियो । सोही विषयमा उनीहरूबीच सामान्य विवाद भएपछि उपेन्द्रले ललितको ढाँडमा चक्कु प्रहार गरि फरार भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports