Incident Reports

धरानमा सासुलाई खुकुरी प्रहार गरेर ज्वाँइले गरे आत्महत्या

2022-08-25

Province 1, Sunsari, Dharan, Ward 8

धरानमा सासुआमालाई खुकुरी प्रहार गरेर ज्वाँईले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन्।ईलाका प्रहरी कार्यालय धरानका अनुसार बिहिबार बेलुकी धरान ८ स्थित गुम्बा मार्गमा ७१ बर्षीया नरमाया भुजेललाई उनकै ज्वाँईले खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका छन्। घाइते भुजेलको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसकी राती १० बजे विराटनगर नर्सिङ होममा रिफर भएको धरान प्रहरीले जनाएको छ।

ज्वाँई ४१ वर्षीय रामबहादुर रम्तेलको भने घटनास्थलमा नै मृत्यु भएको डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिएका छन्। सासुलाई बसिरहेको ठाउँमा नै टाउकोमा खुकुरी प्रहार गरेपछि रम्तेलले सोही खुकुरीले आफ्नो घाँटी पनि रेटेका थिए। आफ्नै घाँटी रेटेका उनको घटनास्थलमा नै मृत्यु भएको थियो। मृतक रम्तेलको घर भोजपुरको पौवादुम्बा गाउँपलिका ५ सानोदुम्मा हो। उनका जेठा छोरा धरान १३ मा डेरा गरी बसेका छन्। बुधबार भोजपुरबाट आएर उनी जेठा छोरासँग बसेका थिए भने हिजो (बिहिबार) ससुराली गएर सासुलाई खुकुरी प्रहार गरेका थिए।

वडा नं ८ का वडाअध्यक्ष धनबहादुर राईका अनुसार मृतकको श्रीमतीसँग केही समयदेखि खटपट भइरहेको परिवारजनले जानकारी दिएको छ। श्रीमती करिब डेढ महिना अघि मात्र दुबई गएकी छिन्। उनीहरुले धरान २ निकेतन गल्लीमा व्यवसाय पनि गरेको तर व्यापार घाटा गएपछि श्रीमती विदेश गएकी थिइन्। श्रीमतीसँगको रिसमा सासुलाई खुकुरीले हानेर आफँै पनि आत्महत्या गरेको वडाअध्यक्ष राईको भनाई छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments

Related Reports