Incident Reports

काष्ठमाण्डप टेलिभिजनका ५ जना पत्रकारमाथि लक्ष्मी बैंकका सुरक्षा गार्डले गरे हातपात

2022-08-30

Bagmati, Kathmandu, Kathmandu

काष्ठमाण्डप टेलिभिजनका ५ जना पत्रकारमाथि समाचार संकलन गर्ने क्रममा लक्ष्मी बैंकका सुरक्षा गार्डलगायतका कर्मचारीहरुले हातपात गरेका छन्। आइतबार दिउँसो १ बजे हात्तिसारस्थित लक्ष्मी बैंकको कार्यालयमा सोधपुछ गर्न जादाँ सुरक्षा गार्डले आक्रमण गरेका हुन्। 

नेपाल पत्रकार महासंघद्धारा जारी विज्ञप्ति अनुसार लक्ष्मी बैंकले महानगरपालिको अनुमति नलिई मदिरा तथा सुर्तिजन्य पदार्थको विज्ञापन गरेको र त्यही बिषयमा रिपोटिका लागि काष्ठमण्डप टेलिभिजनका रिपोर्टर फोमस भण्डारी र क्यामरा म्यान रमेश सिंह विष्ट आइतबारका दिउँसो १ बजे बैंकमा पुगेका थिए । बै‌क रिसेप्सनकाेअनुमतिमै हात्तिसारस्थित मुख्य कार्यालयमा जान खोज्दा लक्ष्मी बैंकद्वारा खटाइएका जी फोर एस कम्पनीका सुरक्षाका सुरक्षा गार्डद्वारा दुर्व्यवहार भएकाे हाे ।

दुव्र्यहार भएका सहकर्मीहरुलाई सहयोग गर्न गएका थप रिपोर्टरहरु लेदन राई, योगेश पाठक, ब्रज किशोर पटेल र क्यामरा म्यान राजेन्द्र तामाङलाई समेत फेरी पछि गार्डले हातपात गरी क्यामेरामा समेत क्षति पुर्‍याएको थिए।

त्यसपछि महानगरीय प्रहरी प्रभाग दरवारमार्गबाट आएका प्रहरी टोलीले घटना सम्बन्धी सोधपुछ गरी थप छानविनको प्रक्रिया अगाडि बढाइएको बताएको छ। 

नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि समाचार संकलनमा अवरोध गर्नु, हातपात हुनु तथा सञ्चार सामग्रीमा क्षति पुर्‍याउने काम हुनु, निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै पत्रकार महासंघले विज्ञप्ति मार्फत आपत्ति जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Attack on HRD
Weapons None
Primary Cause Freedom of Expression
Actor 1 - Number of people N
Actor 1 - Affiliations Private company
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments