Incident Reports

धनुषाको एक विद्यालयको शिक्षकमाथि दुर्व्यवहार गर्ने युवा प्रहरीको थुनामा

2022-08-26

Madhes, Dhanusha, Janaknandani, Ward 5

धनुषाको एक प्राथमिक विद्यालायको शिक्षकमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। शुक्रबार जनकनन्दनी गाउँपालिका ५ उध्दास्थित राष्ट्रिय प्राथमिक विद्यालयमा पुगेर हो-हल्ला गर्दै शिक्षकमाथि हातपात गरेको आरोपमा स्थानीय केशव मण्डल ६ दिनदेखि थुनामा छन्। उनीमाथि विद्यालयकी शिक्षिका पुनम मण्डल र शिक्षक मोहमद कलामलाई हातपात गरेको आरोप छ। इलका प्रहरी कार्यालय खजुरीका प्रहरी निरक्षक निरञ्जन घिमिरेले उनीमाथि अभद्र व्यवहार सम्बन्धि मुद्दा चलाइएको जानकारी दिए।

'घटना शुक्रबार हो स्थानीय एक युवाको समुह विद्यालयमा आएर कार्यालय सहयोगीसँग जबर्जस्ती हाजिर रजिष्टर पल्टाउन लगाए। त्यतिकैमा शिक्षिका पुनम मण्डल त्यहाँ पुगिन र रजिष्टर किन पल्टाएको भन्दै प्रश्न गरिन सोही विद्यालयमा कार्यरत शिक्षक मोहम्मद कलामले भने शिक्षिका मण्डल र स्थानीय युवाबीच वादविवाद हुन थाल्यो, उनीहरू शिक्षिकालाई अभद्र गालीगलोज गर्न थाले। मैले ती युवाहरूलाई सम्झाउन खोज्दा उनीहरू ममाथिनै हातपात गर्न थालियो।'

घटनापछि विद्यालयको प्रधानाध्यापक दुर्गा मण्डलले ती युवा विरुद्ध ईलाका प्रहरी कार्यालय खजुरीमा अभद्र व्यवहार मुद्दा दर्ता गराएका छन्। मुद्दा दर्ता भएपछि ती युवालाई खोजतलास गर्दै जादा दुईदिनपछि पक्राउ परेको प्रहरी निरीक्षक घिमिरेले जनाए। अहिले ती युवा ईलाका प्रहरी कार्यालय खजुरी प्रहरीको हिरासतमा छन्। यस विषयमा अर्को पक्षले पनि विद्यालयका प्रधानध्यापकसहित चार जना विरुद्ध निवेदन दिने तयारी गरेका छन्। शिक्षिका पुनम मण्डल, उनको बुबा राजकुमार मण्डल, विद्यालयका प्रधानध्यापक दुर्गा मण्डल र शिक्षक मोहमद कलामविरुद्ध निवेदन दिने तयारी गरेका छन्। उनीहरुले विद्यालयको विद्यालयको सीसीटिभि फुटेज विद्यालय पक्षले डिलिट गरेको छ । रजिष्टर चोरी गरी र आर्थिक अनियमितता गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports