Incident Reports

शिक्षकको कुटाइबाट विद्यार्थीको औंला भाँच्चियो

2022-09-07

Lumbini, Dang, Shantinagar, Ward 3

दाङ– जिल्लाको शान्तिनगर गाउँपालिका–३ स्थित वीपी कोइराला माध्यामिक विद्यालय पातेटाकुराका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरी घाइते बनाएका छन् । 

विद्यालयका शिक्षक उदयराज भण्डारीले कक्षा ९ मा अध्यनरत १५ वर्षका छात्र सुशील बुढाथोकीलाई निर्घात कुटपिट गर्दा उनको दाहिने हातका‍े औ‌ला नै भाँचिएकाे छ । कुटपिटबाट शरीरमा निलडाम परेको र दुवै हात सुन्निएको छ।


शिक्षक भण्डारीले विद्यार्थीलाई कक्षा कोठाबाट बाहिर ल्याएर पाइपले प्रहार गर्दा छात्र बुढाथोकीको हातमा गहिराे चाेट लागेकाे हाे । चाेटका कारण हड्डी फुटेकाे छ। विद्यार्थीको दायाँ हात फ्याक्चर भएको अवस्था रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले बताए । 

‘बाहिर ल्याएर गोरु चुटे जसरी पाइपको लठ्ठीले कुटेको देखेँ । अन्य सरहरुले यस्तो नगर्नुस सर भन्दा पनि मान्नुभएन । दया भएको मान्छेले यस्तो गर्नै सक्दैन ।’ एक शिक्षकले नाम नबताउने सर्तमा भने ।

यता आरोपी शिक्षक भण्डारीले कक्षा कोठामा विद्यार्थी आपसमा झगडा गरेपछि लाठीले हिर्काउँदा हातमा लागेर औला फ्याक्चर भएको प्रतिक्रिया दिएका छन् । ‘यो मिडियामा ल्याउने खालको छैन । सामान्य हो । आफैं औषधोपचार गर्न विद्यार्थीलाई ल्याएर हस्पिटल आएको छु’ उनका् भनाइ छ । 

घाइते छात्रा बुढाथोकीको फ्याक्चर भएको औंलाको अप्रेसनका लागि भोलि बिहीबार ७ बजेको समय तोकिएको बुझिएको छ । शिक्षकको कुटाइबाट घाइते बुढाथोकीलाई राप्ती प्रादेशिक अस्पतालबाट सिटी हस्पिटलमा लगिएको थियो । 

यता प्रहरीले पीडित बालकका अभिभावकले किटानी जाहेरी दिएमा मुद्दा चल्ने बताएको छ । प्रहरीमा जाहेरी नआएको तर जाहेरी आएमा शिक्षक भण्डारीलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाउने दाङ प्रहरीले बताएको छ ।

विद्यार्थी कुटपिट गर्ने ४१ वर्षका शिक्षक उदयराज भण्डारी तुलसीपुर–१२ क्वाङीका हुन् । उनले विगत दुई वर्षदेखि कक्षा ९ देखि १२ कक्षासम्म पढाउँदै आएको विद्यालय प्रशासनले जनाएको छ ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports