Incident Reports

चन्द्रकोटमा एक व्यक्तिमाथि चक्कु प्रहार गर्ने युवक पक्राउ

2022-08-06

Lumbini, Gulmi, Chandrakot

गुल्मी, भदौ २४ । ३ दिन अघि गुल्मीको चन्द्रकोटमा एक युवकलाई चक्कु प्रहार गरि गम्भीर घाइते बनाउने व्यक्ति पक्राउ परेका छन् । चन्द्रकोट गाउँपालिका–२ भञ्ज्याङ्ग निवासी ३१ बर्षीय बिष्णु प्रसाद देवकोटालाई साउन २१ गते साँझ ९ बजे चक्कु प्रहार गर्ने स्थानीय ४६ बर्षीय दुर्गाबहादुर सुनार पक्राउ परेका हुन् । निजलाई पक्राउ गरि ज्यान मार्ने उद्योग कसुरको मुद्धा अदालतमा दर्ता गरि म्याद थप समेत गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी माधव राज खरेलले जानकारी दिए । गम्भीर घाइते देवकोटाको गुल्मी अस्पतालमा उपचार हुन नसकी लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपभचारका लागि पठाईएको जनाईएको छ । मदिरा सेवन गरि निजले विवाद निकालेर चक्कु प्रहार गरि टाउकोमा गम्भीर घाईते बनाएको प्रहरीको भनाई छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports