Incident Reports

बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार

2022-09-07

Bagmati, Makawanpur, Hetauda, Ward 10

१९ वर्षीया युवतीलाई मानव बेचबिखन तथा ओसार पसार गरेको आरोपमा प्रहरीले ०७९ भदौ २२ गते ४० वर्षीया निरु तिमल्सिनालाई गिरफ्तार गरेको छ । हेटौंडा उपमहानगरपालिका–१० बसपार्कमा रहेको निहारिका होटल एण्ड लजमा युवतीलाई बन्धक बनाई जीऊमास्ने काममा लगाएको भन्ने सूचनाका आधारमा प्रहरीले भदौ २२ गते होटलमा छापा मारेको थियो । प्रहरी तथा मानव अधिकारकर्मीहरूको टोलीले पीडित युवतीलाई उद्धार गरी सुरक्षित आवास गृहमा राखेकोमा भदौ २४ गते आफन्तको जिम्मा लगाएको माइती नेपालकी कार्यक्रम संयोजक माया लामाले बताउनु भयो । होटल सञ्चालक निरु तिमल्सिनालाई गिरफ्तार गरी मानव बेचबिखन तथा ओसारपसार कसुरमा भदौ २३ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले बताउनुभयो ।

0 Comments