Incident Reports

विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षकमाथि कारबाहीको माग गर्दै उजुरी दर्ता

2022-09-09

Bagmati, Sindhuli, Kamalamai, Ward 4

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा ०७९ भदौ २५ गते उजुरी दर्ता भएको छ । कमलामाई नगरपालिका–४ दोभानटारमा रहेको विद्याश्रम अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय छोरालाई कुटपिट गरी घाइते बनाएको आरोपमा पीडितकी आमा निर्मला लामाले सोही विद्यालयका शिक्षक असोक लामिछानेलेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कारबाहीको माग गर्दे उजुरी दिनु भएको हो । शिक्षक लामिछानेले बालकलाई भदौ २४ गते कुटपिट गरेका थिए । विहान विद्यालय गएको छोरो विद्यालय छुट्टी भएर घर आउँदा उठ्न बस्न असहज भएर रोएपछि छोरालाई सोध्दा शिक्षकले कुटपिट गरेको बताएको बालककी आमाले बताउनुभयो । शिक्षक लामिछानेले क्लास टेष्टमा नम्बर कम ल्याएको भन्दै बाँसको भाटाले कुट्ता बालकको दुवै तिघ्राको पछाडिपट्टि घाउ र निलडाम रहेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिकृष्ण केसीले प्रहरी कार्यालयमा उजुरी आएकोले अनुसन्धान प्रकृया अघि बढाइएको बताउनु भयो । पीडित बालकलाई भदौ २५ गते सिन्धुली अस्पतालमा गरी सोही दिन साँझ घर लगिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments