Incident Reports

धनुषामा ग्याङ फाईटमा संलग्न ७ जना पक्राउ

2022-08-28

Madhes, Dhanusha, Mukhiyapatti Musarmiya

मुखियापट्टी मुसहरनिया गाउँपालिका–१ का १८ वर्षीय धीरज यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षमा भदौ २३ गते राति प्रहरीले निर्घात रुपमा कुटपिट गरी यातना दिएको पीडित पक्षले आरोप लगाएको छ । भदौ १२ गते गाउँमा आयोजित सांस्कृतिक कार्यक्रममा दुई पक्षीय झडपको क्रममा धिरज यादवविरुद्ध सञ्जय साहले जिल्ला प्रहरी कार्यालय धनुषामा भदौ १३ गते अभद्र व्यवहार शीर्षकमा उजुरी दिनु भएको थियो । भदौ २३ गते गिरफ्तारीमा पर्नुभएका धीरजलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा भदौ २३ गते राति कुटपिट गरी यातना दिँदा घाइते भएको आरोप लगाइएको छ । घाइते धीरज यादवको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । अस्पताल भर्ना हुनुभएका पीडित धीरजको हात, गोडा र पैतालालगायत शरीरका विभिन्न अङ्गमा चोट लागेको छ । प्रहरीले गाउँमा सांस्कृतिक कार्यक्रम हुँदा दुई पक्षबिच भएको झडपका क्रममा संलग्न रहेको भन्दै धिरजसँगै मुखियापट्टी मुसहरनिया गाउँपालिकाका–१ का रामपुकार यादव, राजु यादव, लक्ष्मी यादव, पप्पु यादव, टुनटुन यादव र मिथिलेश यादवलाई पनि गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीले थुनुवा कक्षभित्र धीरजलाई प्रहरीले कुटपिट नगरेको बताउनु भयो । नेपाली कांग्रेसका नेता एवम् मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, नेपाली कांग्रेसका धनुषा पार्टी सभापति योगेन्द्र पञ्जियार, प्रदेश सदस्य जीवनाथ चौधरी सहितका नेता कार्यकर्ताहरू अस्पताल पुगेर पीडितको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । कांग्रेसका नेता तथा कार्यकर्ताले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports