Incident Reports

सशस्त्रको निर्माणाधीन बिओपी भवन तोडफोड गर्ने तीन जना पक्राउ

2022-09-18

Province 1, Jhapa, Kachankawal

झापाको कचनकवल-५ स्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट पाठामारीको निर्माणाधीन भवन तोडफोड गर्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा कचनकवल-५ डाँगावारि बस्ने १७ वर्षीय विशाल माझी, १७ वर्षीय सन्तोष गणेश र १८ वर्षीय धिरन गणेश रहेको सशस्त्र प्रहरीले जनाएको छ। उनीहरू सशस्त्रकै नियन्त्रणमा रहेको जनाइएको छ। भवन तोडफोड गर्दा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। उनीहरूले निर्माणाधीन भवनमा प्रवेश गरी बिजुलीको सम्पूर्ण बाइरिङ, पङ्खा, बत्ती, झ्यालका सिसा, खानेपानीको ट्याङ्की, बाथरुमका सामग्रीलगायतमा क्षति पुर्‍याएको छ।

उक्त नयाँ भवन निर्माणका लागि स्थानीय समाजसेवी उखारु गणेशले ७ कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएपछि प्रदेश १ सरकारको आर्थिक सहयोगमा भवन निर्माणाधीन अवस्थामा रहेको छ। उक्त भवनको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको र सो भवनको सशस्त्र प्रहरीले नियमित सुरक्षा प्रदान गर्दै आएको थियो। सशस्त्र प्रहरीको हाल सञ्चालनमा रहेको अस्थायी प्रहरी ब्यारेक पोस्टभन्दा झन्डै एक किलोमिटर उत्तर मेची नदीको किनारमा बनेको भवन हस्तान्तरण नहुँदै तोडफोड हुनु घटना दुखद भएको कचनकवल ५ नम्बर वडा अध्यक्ष नुर आलमले बताए।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Affiliation (Target) APF
Actor 2 - Youth noyouth
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports