Incident Reports

गोठाटारमा सम्साँझै लखेटी–लखेटी गार्मेन्ट व्यवसायीको गोली हानेर हत्या

2022-09-19

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको गोठाटारमा सम्साँझै गार्मेन्ट व्यवसायीको हत्या भएको छ । सोमबार साँझ सर्लाही हरिवन नगरपालिका– २ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीलाई अज्ञात समूहले गोली प्रहार गरेर हत्या गरेको हो । शरीरका विभिन्न अंगमा चारवटा गोली लागेका दर्जीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।

गोठाटारस्थित व्यस्त सडकमा बा.६च ५१५२ नम्बरको कारबाट निस्किएका दर्जीमाथि पल्सर मोटरसाइकलमा आएका एक युवकले एक्कासि गोली प्रहार गरेका थिए । रातो सर्ट लगाएका ती व्यक्तिले दर्जीलाई लखेटी–लखेटी गोली प्रहार गरेका थिए । परिवारका सदस्यले देखेर प्रतिवाद गर्न खोजेपछि आक्रमणकारी पेस्तोल त्यहीँ छाडेर भागेका थिए । तत्काल उपचारका लागि शंखरापुरस्थित अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शिक्षण अस्पताल लगिएको थियो । 

प्रहरीका अनुसार दर्जी सोमबार साँझ चाबहिलबाट साथी रामप्रसाद गौतमसँगै गोठाटारस्थित आफ्नो गार्मेन्ट फ्याक्ट्री फर्र्किएका थिए । उनकोे गाडी जब गार्मेन्ट सामुन्नेको सडकमा रोकियो, उनी ढोका खोलेर ओर्लिए । त्यहीवेला उनीमाथि अपरिचित आक्रमणकारीले गोली चलाए । तर, फायर ‘मिस’ हुन पुग्यो । आत्तिएका उनी गाडीको आड लिएर भाग्न थाले । तर, आक्रमणकारीले पिछा गरिरह्योे । गाडीको चक्कर लगााउने क्रममा आक्रमणकारीले दर्जीको घुँडामा फायर ग¥यो । चोटका कारण उनी त्यहीँ ढले । आक्रमणकारीले टाउको र छातीमा सटाएर अर्को फायर खोल्यो । त्यहीवेला दर्जीका परिवारका सदस्य आएपछि आक्रमणकारी मोटरसाइकल चढेर फरार भए । 

‘अचानक गोली चलेको आवाज आयो । दौैडेर घटनास्थल पुग्यौँ । एकजना गाडीनजिकै ढलिरहेको देखिन्थ्यो । गोली प्रहार गर्नेहरू मोटरसाइकलमा भागेको देख्नेहरू सुनाउँथे । सबैजना डरायौँ । केहीबेरमै प्रहरी घटनास्थल आइपुग्यो,’ प्रत्यक्षदर्शी पुष्पराज तामाङले नयाँ पत्रिकासँग भने ।

प्रहरीका अनुसार दर्जीको टाउकोमा दुई, छाती र घुँडामा एक–एकवटा गोली लागेको छ । घाइते उनलाई उपचारका लागि तत्काल शंखरापुरस्थित अस्पताल लगिएको थियो । तर, उनको अवस्था गम्भीर देखिएपछि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको थियो । घटनास्थलबाट एउटा पेस्तोल बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए । ‘मोहम्मद दर्जीमाथि चार गोली प्रहार भएको छ । घटनास्थलबाट एक थान पेस्तोल पनि बरामद भएको छ,’ उनले भने ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports