Incident Reports

जनमत पार्टीद्वारा राष्ट्रपतिको पुत्ला दहन

2022-09-21

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जनमत पार्टीले राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गरेको छ । आज बिहान सिरहामा पार्टीका नेता कार्यकर्ताहरूले पुत्ला दहन गरेको हो । विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति निर्णयलाई लिएर दलहरु दुई ध्रुवमा बाँडिएका छन् । सत्तारुढ दल र मधेसवादी दलहरुले राष्ट्रपतिको विरोध गरेका छन् भने नेकपा एमाले, राप्रपा नेपाललगायतका दलहरु राष्ट्रपतिको पक्षमा देखिएका छन् । राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरुले आन्दोलनको चेतावनी दिइरहेका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janamat Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments