Incident Reports

गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्ने ३ जना पक्राउ

2022-09-26

Madhes, Parsa, Sakhuwa Prasauni

पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ । गाउँपालिका कार्यालयबाट आइतबार साँझ घर फर्किने क्रममा अध्यक्ष यादवमाथि आक्रमण भएको थियो । अध्यक्ष चढ्ने गाउँपालिका कार्यालयको ना १ झ १६८७ नम्बरको गाडीको सीसा पनि फुटेको छ । सँगै रहेको ना २ च ८६६ नम्बरको निजी कार तोडफड गरी आगजनी गरिएको बताइएको छ । यादवसँगै रहेका ऋषिकुमार सहनी र नगेन्द्रप्रसाद यादव पनि घाइते भएका छन् । सहनीको हात भाँचिएको छ भने यादवको टाउकोमा चोट लागेको छ । प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार तोडफोड र आगजनीमा संलग्न रहेका तीन जनालाई नियन्त्रणमा लिइएको छ । अध्यक्षमाथि आक्रमण भएको सूचना पाउनासाथ एसपी बस्नेत घटनास्थल पुगेका थिए ।

‘आक्रमण गर्ने तीन जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएका छौं,’ एसपी बस्नेतले भने । गाउँपालिका अध्यक्ष यादवले कार्यालयबाट घर फर्किने क्रममा आइतबार साँझ करिब ६ बजे २०/२५ जनाको समूहमा आएको भीडले गाडी रोकेर आक्रमण गरेको बताए । ‘आक्रमण हुन थालेपछि पछाडि निजी गाडीमा रहेका सहयोगीहरू बाहिर निस्केर रोक्ने प्रयास गरे,’ अध्यक्ष यादवले भने, ‘अनि हामी त्यहाँबाट निस्कियौँ, गाउँपालिकाको गाडीको सीसा फुटेको छ, निजी कार आगजनी गरेका छन् ।’ आइतबारको आक्रमणसँगै अध्यक्ष यादवमाथि तीनपटक सांघातिक हमला भइसकेको छ ।‘गाउँपालिका कार्यालयमा मेरो कोहीसँग पनि वादविवाद भएको छैन,’ अध्यक्ष यादवले भने, ‘ममाथि किन आक्रमण गरे ? यो राजनीतिक विवाद हैन, यो सांघातिक हमला हो, चुनाव जितेपछि ममाथि तेस्रोपल्ट आक्रमण भएको छ ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Secondary Form Assault (large group)
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total Injured 2
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports