Incident Reports

उम्मेदवारी खारेजीविरुद्ध रुपन्देही–२ मा धर्ना

2022-10-14

Lumbini, Rupandehi, Butwal

प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. कमल भुसाल (निकोलस) को उम्मेदवारी रद्द भएपछि उनका समर्थकले शुक्रबार बुटवलमा धर्ना दिएका छन् । उम्मेदवारी खारेजीविरुद्ध रुपन्देही क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय अगाडि उनीहरूले धर्ना दिएका हुन् । स्वतन्त्र उम्मेदवार डा भुसाल (निकोलस) का समर्थक र लौरो अभियानका समर्थकहरूले रुपन्देही क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको पुरानो भवनको गेटमा धर्ना दिएका हुन् । धर्नामा निकोलसका बुबा तुलसीकुमार भुसाल, उनका दाजु सागर भुसाल लगायत उनका समर्थक र लौरो अभियानका समर्थक विभिन्न प्ले कार्ड बोकेर बसेका छन् । उनीहरूले ‘जनताको उम्मेदवारलाई न्याय दे’, ‘निर्वाचन अधिकृत हो कि आदेश पालक ?’, ‘निर्वाचन आयोग जनताको उम्मेदवार खै ?’, ‘रातारात हस्ताक्षर चोरी, राज्य संयन्त्रमा कहाँबाट आयो घुसखोरी ?’ जस्ता नारा लेखेका प्लेकार्ड प्रदर्शन गरिरहेका छन् । निकोलस समर्थक समूहका प्रचार विभाग प्रमुख दिपेशराज नेपालले धर्ना दिनहुँ गरिने बताए । निकोलसको उम्मेदवारी विरुद्ध टोपनाराण पौडेल नामका व्यक्तिलाई जबरजस्ती उजुरी हाल्न लगाएर उम्मेदवारी खारेज गरिएको उनको दाबी छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments