Incident Reports

बागलुङमा एक महिलाको शव फेला, लुटपाटपछि हत्या भएको हुन सक्ने

2022-10-15

Gandaki, Kaski, Pokhara Lekhnath

बागलुङ : पोखरा बागलुङ सडक खण्डामा एक महिलाको शव फेला परेको छ। बागलुङ नगरपालिका –१ खनियाघाटकी ४० वर्षीया फुलमाया माझीको शव फेला परेको हो। माझीको लुटपाटपछि हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा थापाले बताए। माझी शनिबार दिउसो बागलुङ बजारमा किनमेलका लागि आएको र साँझसम्म अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी गर्दा पोखरा बागलुङ सडक छेउमा मृत फेला पारेका थिए। मृतक माझीका कानमा रहेका गरगहना चुडालिएको र मोबाइलसमेत हराएको प्रहरी नायव उपरीक्षक थापाले बताए। शवको पोस्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङमा राखिएको छ। प्रहरीले घटनाको अनुसन्धान थालेको थापाको भनाई छ। मृतक माझीका श्रीमान, १ छोरा र ३ छोरी रहेका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports