Incident Reports

सर्लाहीमा बन्धकमा परेका पुरुषलाई प्रहरी उद्धार गर्न जाँदा झडप, ६ प्रहरी घाइते

2022-10-15

Madhes, Sarlahi, Chandranagar, Ward 2

सर्लाहीमा बन्धकमा परेका एकजना पुरुषलाई प्रहरीले उद्धार गर्न जाँदा झडप भएको छ। शनिबार सर्लाहीको चन्द्रनगर गाउँपालिका २ बबरगञ्जस्थित झडप हुँदा ६ जना प्रहरी घाइते भएका छन् भने ३ राउड अश्रुग्यास प्रहार गरिएको छ। स्थानीय धर्मेन्द्र साहको २० वर्षीया छोरी र भक्ती यादवका २२ वर्षीय छोरा असोज १३ गते फरार भएको विषयलाई लिएर केटी पक्षले केटाको काका ६२ वर्षीय गणेश रायलाई कुश्वाहा धर्मशाला बबरगञ्जमा बन्धक बनाइराखेका थिए।

बन्धक बनाइएको खबर पाएपछि उनलाई उद्धार गर्न जाँदा झडप भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए। रायलाई प्रहरीको टोली उद्धार गर्न जाँदा करिब २५०/३०० जना मानिसहरू जम्मा भई प्रहरीमाथि ढुंगामुढा प्रहार गरी नम्बर नखुलेको अपाचे मोटरसाइकलमा आगजनी गरेका थिए। सोही झडपलाई नियन्त्रणमा लिन खोज्दा ६ जना प्रहरी घाइते भएको प्रवक्ता यादवले बताए। प्रहरीले ढुंगामुढा गर्ने १५ जनालाई नियन्त्रणमा लिएपनि पछि ८ जनालाई छाडेको र ७ जनालाई नियन्त्रणमा राखी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 6
National/Online Media

0 Comments

Related Reports