Incident Reports

चुनाव विरोधी वाल पेन्टिङ गरेको भन्दै धर्मेन्द्र बास्तोला पक्ष कार्यकर्ता पक्राउ

2022-10-18

Bagmati, Makawanpur, Hetauda

Bagmati, Bhaktapur, Madhyapur Thimi

चुनाव विरोधी वाल पेन्टिङ गरेको भन्दै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना कार्यकर्ता पक्राउ परेका छन् । आगामी प्रदेश र प्रतिनिधिसभा चुनाव वहिस्कारको नारासहित वाल पेन्टिङ गर्नेक्रममा भक्तपुर र मकवानपुरबाट गरी तीन जना पक्राउ परेको नेकपा बहुमतका एक नेताले बताए । प्रहरीले भक्तपुर थिमीमा वाल पेन्टिङगरी रहेको अवस्थामा रोजन ढकाल पक्राउ परेका हुन् । ढकाल भक्तपुर जिल्लामा नेकपा बहुमतका इन्चार्ज हुन । यस्तै मकवानपुरको हेटौंडामा वाल पेन्टिङगरी रहेको अवस्थामा हिमबहादुर खड्का र विक्रम मगर पक्राउ परेका छन् । खड्का मकवानपुर जिल्ला इन्चार्ज र मगर जिल्ला संयोजक हुन । नेकपा बहुमतले चुनावमा सहभागी नहुने भन्दै बहिस्कार गर्ने निर्णय गरेपछि पार्टीका नेता कार्यकर्ता चुनाव विरोधी गतिविधि गरेका हुन ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments