2022-10-27
नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा सैनामैना नगरपालिका–९ का वडा अध्यक्ष भानुभक्त पाण्डे सवार गाडीमा कात्तिक १० गते राती आक्रमण गरेका छन् । सैनामैना नपा–९ बाँसगढीबाट तामनगर जाने क्रममा सैनामैना नपा– २ कालिका चोकमा वडा अध्यक्ष पाण्डे सवार गाडीमा मोटरसाईकलमा आएका नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले रोकेर आक्रमण गरेको पाण्डेले बताउनु भयो । सैनामैना नपा– २ का ३२ वर्षीय कसिस श्रेष्ठ, सैनामैना नपा–४ का ३५ वर्षीय राजन काला मगर, र सैनामैना नपा–५ का २८ वर्षीय अर्जुन भुसालले आक्रमण गरेको र आक्रमणबाट प्रदेश ३–०१–२३–८४०२ को गाडीको अगाडीको सिसा पूर्णरुपमा फुटेको पाण्डेले बताउनु भयो । घटनाका विषयमा इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका इन्सपेक्टर जीवन लामिछानेले आरोपितहरूले बियरको बोतलले हानेर गाडीको शिशा तोडफोड गरेको आरोपितहरू विरुद्ध उजुरी परेको बताउनु भयो ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Vandalism |
Weapons | None |
Primary Cause | Contestation between rival political parties outside elections |
Actor 1 - Number of people | 3 |
Actor 1 - Affiliations | Nepali Congress and affiliated org |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | na |
Totally damaged Vehicles | 1 |
Severely damaged Vehicles | 1 |