Incident Reports

सामाजिक सञ्जाल मार्फत सफाया गर्ने धम्की

2022-10-31

Bagmati, Sindhupalchok, Indrawati, Ward 8

इन्द्रवती गाउपालिका–८ निवासी नेकपा माओवादी केन्द्रका जनवर्गीय सङ्गठन वाईसीएलका केन्द्रीय सदस्य प्रल्हाद चौलागाईले आफ्नो फेसवुक वालमार्फत ०७९ कात्तिक १३ गते बाम लोकतान्त्रिक गठबन्धनविरुद्ध बोल्नेलाई मार्ने धम्की दिएका छन् । चौलागाईले आफ्नो फेसबुक वाल मार्फत भनेका छन्–‘राजनीतिमा स्थायी सत्रु र मित्रु हुन्न । समय परिस्थिती र आवश्यकताको आधारमा राजनीतिक समिकरण बन्ने गर्दछ । तर एमाले भन्ने पार्टीका केही अराजक र हार मानसिकता भएका पाखण्डीहरू पुराना भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनाएर गठबन्धनमा रहेका दुवै पक्षमा दुबिधा खडा गर्ने केही व्यक्तिलाई सफाया गर्नु पर्ने भएको छ । जन कारबाही के हो म आएर देखाउँछु तिम्रो आगनमा’ ।

सामाजिक सञ्जाल मार्फत मार्ने धम्की संप्रेषण गर्नु निर्वाचन आचार संहिता उल्लङ्घन भएको नागरिक निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन आचार संहिताको परिच्छेद २ अन्र्तगत दफा ४ को ञ र ठ मा सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उदेश्यले होच्याउने, गलत, भ्रामक र द्धेषपूर्ण सूचना प्रवाह गर्न गराउन नहुने भनिएको छ । तर पनि सामाजिक सञ्जाल मार्फत एक जिम्मेवार राजनीतिक दलका कार्यकर्ता मार्फत यस्तो धम्कीपूर्ण भनाई संम्प्रेषणले मतदाताहरूमा त्रास सिर्जना गरी आतङ्कित बनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Election-related incident
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports