Incident Reports

चुनावी सभालाई सम्बोधन गर्न पुगेका विरोध खतिवडामाथि गाडीबाट ओर्लनेबित्तिकै हातपात

2022-11-08

Bagmati, Makawanpur, Manahari, Ward 4

 नेकपा (एकीकृत समाजवादी) बाट मकवानपुर–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका विरोध खतिवडामाथि हातपात भएको छ । बुधबार मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा पुगेर गाडीबाट ओर्लनेबित्तिकै एक जना पुरुषले उनीमाथि हातपात गरेका हुन् । खतिवडामाथि हातपात गर्ने व्यक्ति उपमहानगरपालिका–२ का ५५ बर्षीय (अन्दाजी) पुरुषोत्तम खड्का रहेका बताइएको छ । हातपात गर्ने खड्कालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले नियन्त्रणमा लिएर अहिले अनुसन्धानका गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा खड्काले मादक पदार्थ सेवन गरेको र पुरानो रिसइबीका कारण खतिवडामाथि रिस साँधेको पाइएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Communist Party of Nepal) - Unified Socialist
Actor 2 - Youth na
National/Online Media

0 Comments