Incident Reports

झापाका व्यवसायीद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

2022-11-08

झापाका व्यवसायीले आज मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । बैंक तथा वित्तीय क्षेत्रले वृद्धि गरेको व्याजदर फिर्ता गरिनुपर्ने लगायतका मागसहित व्यवसायीले प्रशासनमा धर्ना दिएका हुन् । झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, प्रोपर्टी डिलर्स एसोसिएशन अफ नेपाल, इक्यान र बिर्तामोड उद्योग वाणिज्य संघ लगायतका जिल्लामा रहेका विभिन्न संघ संगठनका पदाधिकारी तथा प्रतिनिधिले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् । व्यवसायीले जिल्ला प्रशासन कार्यालय झापामा विरोध प्रदर्शन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेलाई ज्ञापनपत्र समेत बुझाएका छन् । विरोध सभामा नेपाल उद्योग वाणिज्य संघ १ नम्बर प्रदेशका अध्यक्ष टिकाराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी लगायतले बोलेका छन् ।

कोभिड-१९ काे महामारीपछि मुलुकको अर्थतन्त्र संकुचित हुँदै गएको तथा आर्थिक गतिविधिमा आएको सिथिलताले आम व्यवसायीसहित सर्वसाधारणको समेत जनजीवनमा प्रत्यक्ष असर परिरहेका बेला बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्नु र असामान्य तरिकाले व्याजदर बढाएर अफ्यारोमा पारेको भन्दै वृद्धि गरिएको व्याजदर फिर्ता गरिनु पर्ने उनीहरुले माग गरेका छन् । उनीहरुले बैंकले वृद्धि गरेको व्याजदरका विषयमा मंगलबारबाट १ नम्बर प्रदेश भरी शान्तिपूर्ण आन्दोलनका कार्यक्रम गरेका छन् । त्यस्तै बुधबार २३ गते बैंकसँग कुनै पनि कारोबार नगर्ने तथा दुई घण्टा प्लेकार्डसहित मौन जुलुस गर्ने, २५ गते मुख्यमन्त्री एवं नेपाल राष्ट्र बैंकमा प्लेकार्डसहित धर्ना दिने तथा ज्ञापनपत्र दिने कार्यक्रम रहेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डालमियाले बताउनुभयो । त्यस्तै यहि कार्तिक २८ गते नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिकाे विरुद्ध नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालयमा दवाव दिने लगायतका कार्यक्रम रहेको उहाँले बताउनुभयाे ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis