Incident Reports

नक्कली नोटसहित मौलापुरमा ६ समातिए : म्यादी प्रहरीलाई ढुंगामुढा प्रहार

2022-11-11

Madhes, Rautahat, Maulapur, Ward 7

नेपाली नक्कली नोट र अवैध हतियारसहित प्रहरीले रौतहटबाट ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजाराम साह, धीरज जयसवाल, आनन्द कुश्वाहा, प्रतिमा देवी कुश्वाहा, अमृता कुमारी, व्रिजकिशोर मुखिया रहेका छन्।

उनीहरूको साथबाट नेपाली हजारको नोट ८७ थान, १ थान कटुवा पेस्तोल , ना. ३३ प. २४५१ नं. को होन्डा साईन मोटरसाइकल र ना. ३ पं. १६८१ नं.को बजाज बक्सर मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर ठाडामगरले बताए।

मौलापुर ७ मा नेपाली नक्कली नोटको कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मौलापुरको टोलीले राजाराम साहको घरमा शुक्रबार छापा मारेको थियो।

उनको घरमा खानतलासीको क्रममा गर्दा नक्कली नोटका साथै भित्तामाथि लुकाई राखेको कटुवा पेस्तोल थान ए बरामद भएको प्रहरीको भनाइ छ।

सो क्रममा स्थानीयले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो। ढुंगामुढाबाट दुई जना म्यादी प्रहरी सहित ६ जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon , Homemade/traditional firearms , Small arms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 6
National/Online Media

0 Comments

Related Reports