Incident Reports

घरभित्रै वृद्धा मृत फेला, घटना रहस्यमय

2022-11-12

Lumbini, Gulmi, Isma, Ward 5

गुल्मीको इस्मामा एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन् । इस्मा गाउँपालिका– ५ इस्मा रजस्थलकी ७४ वर्षीया जीवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । थापाको मृत्यु रहस्यमय देखिएको छ । घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र श्रेष्ठका अनुसार वृद्धाको घरमा ढोकामा चाबी लागेको छ भने वृद्धा घरभित्र मृत अवस्थामा छिन् । मृतक थापाका नाक र कानमा लगाइएका गहनाहरू नभएको श्रेष्ठले बताए । वृद्धा दुई दिनदेखि गाउँमा हिँडडुल नगरेको स्थानीयले बताए । ‘ढोकामा ताल्चा लगाएको छ । वृद्धा घरभित्र मृत र गहना छैनन्,’ उनले भने, ‘घटना रहस्यमय देखियो । मुचुल्कापछि शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल पठाएका छौँ ।’ 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments