Incident Reports

निर्वाचनको विरोधमा विप्लव निकट विद्यार्थीको प्रदर्शन

2022-11-15

Bagmati, Kathmandu, Kirtipur

काठमाडौँ – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको विरोधमा प्रदर्शन गरेको छ।

नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का कार्यकर्ताले मंगलबार काठमाडौँको कीर्तिपुरमा निर्वाचनविरुद्ध ‘भण्डाफोर’ कार्यक्रम गरेका हुन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअगाडि विरोध कार्यक्रम गरिएको हो।

नेकपाले मंसिर ४ को निर्वाचन बहिष्कार तथा खारेज अभियानअन्तर्गत पछिल्लो समय प्रदर्शन गर्दै आएको छ। सत्तारुढ दल र नेकपा एमाले पटक–पटक सरकारमा पुग्दा पनि देशको शासन व्यवस्थामा सुधार नभएको नेकपाको आरोप छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments