Incident Reports

दाङको तुलसीपुरमा शंकास्पद वस्तु भेटियो

2022-11-20

Lumbini, Dang, Tulsipur, Ward 7

दाङको तुलसीपुर उपमहानगरपालिक–७ श्रीगैंस्थित सल्यान रोडमा बम जस्तो शंकास्पद वस्तु भेटिएको हो । बालुवाको बोरामा ‘खतरा’ लेखेर शंकास्पद वस्तु देखिएको छ । साथै तारहरु पनि देखिएको छ । उक्त वस्तुलाई अहिले नेपाली सेनाको टोलीले डिस्पोज गर्न लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिए । यो ठाउँ तुलसीपुर बजारदेखि करिब २ किलोमिटर उत्तरतर्फ पर्छ । स्थानीयले विहान ७ बजेदेखेपछि प्रहरीलाई खबर गरेका थिए । आइतबार बिहान पनि घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका-१८ विजौरी र हेमन्तपुरको सिमाना नजिकै बम भेटिएको थियो । उक्त बम नेपाली सेनाको टोलीले विहान साढे ९ बज डिस्पोज गरेको थियो । शनिबार पनि दाङमा दुई ठाउँमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Totally damaged Vehicles 00
Election-related cause primary
National/Online Media

0 Comments