Incident Reports

धनगढीमा मतदान स्थल नजिकै बम विस्फोट

2022-11-20

Sudurpashchim, Kailali, Dhangadhi, Ward 2

कैलालीको धनगढी उपमहानगरपालिका स्थित एक मतदान केन्द्र नजिक विस्फोट भएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले केही विस्फोटक पदार्थ पड्किएको तर कुनै क्षति भने नभएको बताए ।

केहीबेर तनावको अवस्था सिर्जना भएपनि घटनालगत्तै नेपाली सेनाको टोली पनि पुगिसकेकाले अहिले स्थिति सामान्य रहेको प्रवक्ता जोशीले बताए । विस्फोटक पदार्थ पड्किएपछि मतदातामा त्रास उत्पन्न भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Election-related cause primary
National/Online Media

0 Comments