2022-11-20
४ मंसिर, हुम्ला । हुम्लाको सर्केगाडमा गाउँपालिका वडा नं. ३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी रहेका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ । त्यहाँ बिहान साढे ९ बजेदेखि मतदान स्थगित भएको र मतपेटिका सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
बिहान ८ः३० बजे वारेशनामाको विवादका कारण सत्ता गठबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताहरुबीच झडप भएको थियो । सोही क्रममा सहायक मतदान अधिकृत भण्डारीको टाउकोमा चोट लागेको हो।
त्यसपछि बसेको सर्बदलीय बैठकमा पुनः मतदान थाल्ने सहमति भएको थियो । तर फेरि एक दर्जन बढी व्यक्तिहरुले मतदान केन्द्र बाहिर ढुंगामुढा गरेपछि तनाव सुरु भएको थियो । त्यसपछि प्रहरी निरीक्षक पुष्पराज रोकायले पेस्तोलबाट एक राउण्ड र थ्री नट थ्री राइफलबाट ७ गरी ८ राउण्ड फायर गरेका थिए।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Twosided |
Collective / Interpersonal | Collective |
Primary Form | Group Clash |
Weapons | None |
Primary Cause | Election-related incident |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Other/multiple/unspecified political affiliation |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation | Nepali Congress and affiliated org CPN (Maoist Center) and affiliated org |
Actor 2 - Youth | na |
Election-related cause primary |