Incident Reports

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपा बहुमतका ७ नेता पक्राउ

2022-11-20

Bagmati, Makawanpur, Hetauda, Ward 10

जिल्ला प्रहरी कार्यालय मकवानपुरले निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपा बहुमतका ७ जना जिल्ला तहका नेतालाई पक्राउ गरेको छ ।

बिहान करिब १० बजेको समयमा उनीहरुलाई हेटौंडा–१० बसपार्कबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा जिल्ला इञ्चार्ज रवि खड्का, जिल्ला संयोजक शक्ति मगर, जिल्ला सचिवालय सदस्य लिला माझी, जिल्ला सदस्यहरु अजय गहतराज, बिकास लामा, अनिल सिङ्तान र जिल्ला युवा अध्यक्ष बसन्त लामा रहेका छन् ।

पक्राउ परेका सबैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको कार्कीले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Program Interference/Obstruction
Primary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments