Incident Reports

सुनसरीको मतदान केन्द्रमा विष्फोट : बालिका घाइते, मतदान स्थगित

2022-11-20

Province 1, Sunsari, Barju, Ward 5

 सुनसरीको बर्जु गाउँपालिका–५ स्थित मतदान केन्द्रमा विष्फोट भएको छ। धमाधम मतदान जारी रहेका बेला ठूलो आवाजसहित विष्फोट भएको हो। 

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रहेको मतदान केन्द्रको गेटनजिकै बम विष्फोट भएको प्रहरीले जनाएको छ। कुन बम विष्फोट भएको हो भन्ने प्रहरीले यकिन गरिसकेको छैन। विष्फोटपछि मतदाताबीच भागदौड मच्चिएको थियो। 

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार विष्फोटमा परेर एक जना बालिका घाइते भएकी छन्। पहिचान खुल्न बाँकी रहेकी बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। सोही मतदान केन्द्रको गेटनजिकै अर्को पनि बम रहेको आशंकामा नेपाली सेनाको टोलीले सर्ट गरिरहेको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Total Injured 1
Female Injured 1
Youth Injured 1
Election-related cause primary
National/Online Media

0 Comments