Incident Reports

ताप्लेजुङको फुलवारीमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप,स्थगित मतदान सुरु गर्ने तयारी

2022-11-20

Province 1, Taplejung, Aathrai Tribeni, Ward 2

ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ स्थित फुलवारी मतदान केन्द्रमा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीचको झडपले केहि समय मतदान स्थगित भएको छ।

दोहोरो झडप नियन्त्रणका लागि प्रहरीले हवाई फायर र लाठी चार्ज समेत गर्नु परेको थियो। जिल्ला प्रहरी प्रमुख डिएसपी कैलाश राईले घटना सामान्यीकरण हुँदै गएको बताए। कति हवाई फायर भयो भन्ने चाँहि खुलेको छैन। स्थानीयले भने ४ राउण्ड हवाई फायर भएको बताएका छन्। प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले घटना सामान्यतर्फ उन्मुख हुँदै गएकोले स्थगित चुनाव सुरु गर्ने तयारी भएको बताए।

अपरान्हसम्ममा ३३.४ प्रतिशत मत खस्यो

ताप्लेजुङमा अपरान्ह सम्ममा ३३.४ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए। छिटफुट बाहेक सामान्य रुपले मतदान भइरहेको जिल्ला निर्वाचन व्यवस्थापन समितिले जनाएको छ। फुङलिङस्थित याङलीजुङ मतदान केन्द्रमा बिष्फोटक पदार्थ भरिएको शंकास्पद बस्तु पड्किए पनि कुनै क्षति नभई सामान्य रुपले मतदान भइरहेको समेत बताइएको छ।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth na
Election-related cause primary
National/Online Media

0 Comments