Incident Reports

मतपत्र च्यातेपछि बागलुङको सर्कुवामा मतदान स्थगित

2022-11-20

Gandaki, Baglung, Jaimuni, Ward 4

बागलुङ जिल्लाको जैमिनी नगरपालिका-४ सर्कुवाको जनता मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ। बिहान ७ बजे शान्तीपूर्ण रूपमा मतदान सुरु भएको जनता माविमा दिउँसो २ बजे एक पक्षले मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेपछि मतदान स्थगित भएको मतदान अधिकृत कृष्ण प्रसाद ढकालले बताए।

उनले हस्ताक्षरविना मतदान भएको भन्ने हल्ला भएपछि एक समूह मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेको बताए।

‘अहिले मतदान स्थगित भएको छ,’ मतदान अधिकृत ढकालले भने,‘अहिले मतदानस्थल प्रहरीको नियन्त्रणमा छ। हामी पनि मतदान भित्रै छौं। मत च्यात्नेहरू मतदानस्थल बाहिर छन्।’

मतपत्र च्यात्ने कुन पार्टी र समूहको हो भन्ने थाहा नभएको मतदान अधिकृत ढकालले बताए।

मतदान अधिकृत ढकालले कति मतपत्र च्यातिएको भन्ने एकीन हुन नसकेको बताए। उनले मतपत्र च्यातिएपछि होहल्ला हुँदा केही मत मतपेटिकामा पनि हालेको हुन सक्ने आशंका गरे।

मतदान अधिकृत ढकालले हल्ला भएजस्तो हस्ताक्षर विनाको मतपत्र नरहेको बताउँदै पुनः मतदान सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारीमा रहेको बताए।

मतदान अधिकृत ढकालले मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग नियमित सम्पर्कमा रहेको र उहाँहरूको सल्लाह बमोजिमअगाडि बढ्ने बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments