Incident Reports

चापाकोटका तीन ओटा वडामा पुनः निर्वाचनको मागसहित प्रर्दशन

2022-11-23

Gandaki, Syangja, Chapakot

मङ्सिर ४ गते भएको निर्वाचनमा चापाकोट नगरपालिकाका तीन ओटा मतदान केन्द्रहरूको बुथ कब्जा गरी अधिकतम मत खसालेको भन्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका अन्य दल तथा स्वतन्त्र उम्मेदवारले पुनः मतदानको माग गरेका छन् । निर्वाचन अधिकृत र सुरक्षा निकाय मुकदर्शक भएर बसेको आरोप लागाउँदै निर्वाचन अधिकृतको राजिनामासहित पुनः निर्वाचनको माग राखी रिट निवेदन पेश गरेको नेकपा एमाले सचिव राजेन्द्र डुम्रेले बताउनु भयो । एमालेलगायत राजनीतिक दलहरूले ‘जनताको स्वतन्त्र मताधिकार सुनिश्चित गर’ लगायतका नारा लगाएर प्रर्दशन गरेका हुन् ।

दुई ओटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा मतदाता सङ्ख्या २ लाख ४४ हजार ९९ रहेकामा १ लाख ४१ हजार २ सय ५ जना मतदाताले मतदान गरेका छन् । प्रतिशतका हिसाबले कुल मतदानको ५८.८४ प्रतिशत मात्र मत खसेको छ । तर, चापाकोट नगरपालिकाका तीन ओटा वडामा भने करिब ९८ प्रतिशत मत खसेको छ । जहाँ नेपाली कांग्रेसले बुथ कब्जा गरेको आरोप नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतले आरोप लगाएका हुन् । चापाकोटको दिसिङकोट, राम मन्दिर, दिन दयालु र जनसक्रिय केन्द्रहरूमा एकलौटी बुथ कब्जा गरी लोकतन्त्रको उपहास गरेको भन्दै पुनः मतदानको माग गर्दै पत्रकार सम्मेलन गरिएको छ । सम्मेलनमा प्रतिनिधिसभा उम्मेदवार पद्मा अर्याल, प्रदेशसभा उम्मेदवार बुद्धिमान श्रेष्ठ, राष्टिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा उम्मेदवार लगायत अन्य पार्टीका उम्मेदवारले यस घटनाले लोकतन्त्रको धज्जी उठाएको भन्दै पुनः मतदानको माग गरेका हुन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation regarding implementation and legitimacy of election
Secondary Cause Contestation regarding implementation and legitimacy of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org , RPP , Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments