Incident Reports

मुख्य निर्वाचन अधिकृत कोइरालालाई बर्खास्त गर्न माग गर्दै जनकपुरमा एमालेको प्रदर्शन

2022-11-26

Madhes, Dhanusha, Janakpur

धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट पराजित भएका नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले मतगणनामा धाँधली भएको आरोप लगाएका छन्।

मुख्य निर्वाचन अधिकृत धर्म अवतार कोइरालाले गन्तीको क्रममा धाँधली गरेको भन्दै एमालेका नेता कार्यकर्ताले जनकपुरधाममा प्रदर्शन गरेका छन्।

मुख्य निर्वाचन अधिकृत कोइरालालाई कारबाही गर, अर्को बाकसमा खसेको सदर मत गणना गर, आयोगको निर्देशिका बमोजिम मत गणना गर, षड्यन्त्रकारी प्रहरी प्रशासन मुर्दावाद जस्ता नारा लगाउँदै एमालेका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन्।

जनकपुरस्थित रेल्वे स्टेसनबाट निस्केको विरोध र्‍याली कदम चोक, जिल्ला प्रशासन कार्यालय, प्रदेश निर्वाचन कार्यालय, मुरली चोक हुँदै जनक चोकमा कोणसभामा परिणत भएको थियो।

कोण सभालाई सम्बोधन गर्दै अरगरियाले प्रदेश सभाको बाकसमा प्रतिनिधि सभाको करिब ४ सय सदर मत खसेको र त्यसलाई गणना नगरी बदर मानेर निर्वाचन मतपरिणाम घोषणा गरेको आरोप लगाए।

सत्तारूढ दलसँग मिलेर मुख्य निर्वाचन अधिकृतले आफूलाई षड्यन्त्रपूर्वक पराजित गरेको उनको आरोप छ।

'५ मतले म अगाडि थिएँ। तर आधा घण्टामै १६ वटा वडाको मतगणना सकाएर हतार-हतार परिणाम घोषणा गर्ने काम मुख्य निर्वाचन अधिकृतले गरे। मविरूद्ध ठूलो षड्यन्त्र भयो। यसविरूद्ध म सडकसँगै कानुनी लडाइँ लड्छु', उनले भने, 'जनताको मतले म निर्वाचित भइसकेको हुँ। कसैले कसैलाई सर्टिफिकेट दिँदैमा कोही सांसद हुन सक्दैन। जनताको सांसद म हुँ। निष्पक्ष तरिकाले पुनः मतगणना गर्न सरकार र निर्वाचन आयोगसँग माग गर्दछु।'

मुख्य निर्वाचन अधिकृत कोइरालाले कुन मतदान केन्द्रमा कति मत खसेको र कति मतगणना भएको सूचना पनि दिन नमानेको उम्मेदवार अरगरियाले दाबी गरे।

शुक्रबार सम्पन्न मतगणनामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादवले विजयी भएको घोषणा गरेको थियो।

कार्यालयका अनुसार उनले २० हजार १ सय १२ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अरगरियाले १९ हजार ९ सय ५५ मत प्राप्त गरे।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Election-related incident
Secondary Cause Contestation regarding the outcome of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments