Incident Reports

निर्वाचनमा अन्तरघात गरेको भन्दै एमालेका कार्यकर्ताले आफ्नै वडा इन्चार्ज कुटे

2022-11-26

Gandaki, Syangja, Putalibazar

पार्टीभित्र अन्तरघात गरी स्याङ्जा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई हराएको भन्दै पुतलीबजार नगरपालिका १३ का इन्चार्ज लक्ष्मीपति सुवेदीमाथि केही युवाहरुले सांघातिक आक्रमण गरेका छन्।पुतलीबजार नगरपालिका अभियानपथमा बस्दै आएका सुवेदीको घरभित्रै पसेर शनिबार साँझ युवाहरुले सांघातिक आक्रमण गरेको प्रहरीले जनाएको छ। आक्रमणका कारण ४९ वर्षीय सुवेदी घाइते भएका छन्।

उनको टाउको र शरीरका विभिन्न भागमा चोट छ। सुवेदीको टाउकोमा टाँका लगाइएको छ। जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा लगिएको पारिवारिक स्रोतले जनाएको छ। तर, अवस्था भने सामान्य रहेको बताइएको छ। आफ्ना बुवालाई संरक्षण गर्न खोज्दा सुवेदीकी १८ वर्षीया छोरी बिनितामाथि पनि आक्रमण भएको छ। उनको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको सु्वेदी पत्नी जानकीले बताइन्। एमालेतर्फका उम्मेदवार मरासिनी कांग्रेसका उम्मेदवार राजु थापासँग पराजित भएपछि अन्तरघातको आशंकामा एमाले समर्थित युवाहरुले एमाले वडा इन्चार्जलाई कुटपिट गरेका हुन्। सुवेदी एमाले पार्टी कार्यालय नजिकै रहेको एक घरमा बसेर व्यवसाय गर्दै आएका छन्।

कुटपिटमा संलग्न रहेको भन्दै डोलबहादुर मल्ल, विष्णुबहादुर थापा र सुनिल गिरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ। कुटपिटमा संलग्न युवाहरु फरार छन्। उनीहरुको खोजिकार्य भइरहेको स्याङ्जा प्रहरीले जनाएको छ। सुवेदीलाई कुटपिट गर्नुपूर्व उनीहरुले एमाले पार्टी कार्यालय तोडफोड गरेको स्थानीयले जनाए। एमाले स्याङ्जामा नारायणप्रसाद मरासिनी र पद्मा अर्याल खेमाबीच अन्तरघातको आरोप प्रत्यारोप तीव्र देखिएको छ। नेकपा एमालेका हालै सम्पन्न जिल्ला अधिवेशनदेखि मरासिनी र अर्यालबीच दुरी बढेको नेकपा एमालेका नेताहरु बताउँदै आएका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Intraparty Competition
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
Total Injured 1
Election-related cause primary
National/Online Media

0 Comments