Incident Reports

मोरङमा बाम्फोकले हानेर पतिको हत्या

2022-11-28

Province 1, Morang, Jahada, Ward 1

मोरङको जहदा गाउँपालिका-१ भुटाहामा एक जना महिलाले बाम्फोक (दाउ)ले हानेर पति (श्रीमान)को हत्या गरेकी छन्। घरायसी विवादमा ३५ वर्षीया दवानीदेवी सरबरियाले पति ४२ वर्षीय सन्तोष सरबरियाको हत्या गरेको प्रहरीले जनाएको छ। दवानीदेवीले बाम्फोकले घाँटी र टाउकोमा प्रहार गरेर पति सन्तोषको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। उनका अनुसार धारिलो हतियारले घाँटी र टाउको काटिएको तथा बोल्न नसक्ने अवस्थामा घरभित्रै शनिबार राति ११:२० बजेतिर सन्तोष फेला परेका थिए। गम्भीर अवस्थाका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो। उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना शंकास्पद देखिएपछि प्रहरीले पत्नी दवानीदेवीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। प्रहरीका अनुसार मदिराको नशामा आएर पतिले झगडा गर्न थालेपछि सहन नसकेर हतियारले हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। स्थानीयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर पति-पत्नीबीच सधैँ झैझगडा हुने गरेको थियो। मृतकका १४ वर्ष मुनिका ३ सन्तान छन्। २ छोरा र १ छोरी रहेको प्रहरीले जनाएको छ। पतिको हत्यामा संलग्न दवानीदेवीलाई घटनामा प्रयोग गरिएको हतियारसहित प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन सोमबार अदालतबाट म्याद थप गरेर घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको एसपी कोइरालाले बताए। उनका अनुसार हत्यामा दवानीदेवी मात्रै कि, अरू पनि संलग्न छन् भन्ने कुरा अनुसन्धानपछि पत्ता लाग्ने छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports