Incident Reports

मदिरा सेवन गरी रेडियोको ट्रान्समिटर तोडफोड गर्ने सहकर्मी माथी मुद्दा

2022-11-24

Karnali, Kalikot, Naraharinath

पहिले रेडियोमा संगै कामगर्ने सहकर्मीले रेडियोमा मदिरा सेवन गरी अभद्र व्यवाहार संगै रेडियोको ट्रान्समिटर तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कालिकोटमा मुद्दादर्ता भएको छ। कालिकोटको नरहरिनाथ गाउँपालिकाको रेडियो सुनथराली एफएमको ट्रान्समिटर तोडफोड र स्टेशन म्यानेजर माथि अभद्र व्यवाहार गरेको भन्दै पूर्वस्टेशन म्यानेजर नरहरिनाथ गाउँपालिका –३ का खगेन्द्र बुढालाई पहिलेका सहकर्मी अहिलेका स्टेसन म्यानेजर कमल बुढाले मुदादर्ता गरेका हुन्।

प्रहरीका अनुसार रेडियोबाट हटाएको रिसमा मदिरा सेवन गरी अभद्र व्यवाहार संगै रेडियोको ट्रान्समिटर तोडफोड गरेको बुढाले बयान दिएका छन्। बुढालाई ११ गते प्रहरीले नरहरिनाथ गाउँपालिकाबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा कालिकोटमा ल्याएको छ। गाउँपालिकाको रेडियो सुनथराली ९०.६ मेगाहर्जको ट्रान्समिटर लगायतका महत्वपूर्ण सामग्री माथि यही मंसिर ८ गते राति मदिरा सेवन गरी स्टेसन म्यानेजरलाई अभद्र व्यवाहार संगै तोडफोर भएको थियो। प्रहरीका अनुसार स्टेसन म्यानेजरलाई अभद्र व्यवाहारसंगै रेडियोको ट्रान्समिटर तोडफोड गरेको आरोपमा मुदार्दता भएकोे प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए।

यता, स्टेसन म्यानेजर कमल बुढाले गल्ती गर्नेलाई कानुनी कारबाहीका लागि आफुले आवश्यक पहल गरेको बताएका छन्। ‘सूचना तथा सञ्चार गृहमा मदिरा सेवन गरी अभद्र व्यवाहार संगै रेडियोको ट्रान्समिटर तोडफोड गर्नेलाई कडा कारबाही गरिनेछ,’ उनले भने। यस्तै जिल्लाको पलाँता गाउँपालिकाले स्थापना गरेको पलाँता एफएम पनि बन्द छ। गाउँपालिकाले लाखौ रकम खचगरेर स्थापना गरेका रेडियोमा नयाँ जन प्रतिनिधिले निरन्तरता दिन नसक्दा समस्या भएको हो। रेडियोका कर्मचारीले तलब नपाएको बताएका छन् उनहिरुले तलब नपाएको भन्द्रै रेडियो बन्द गरेको बताइएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports