2022-11-19
Sudurpashchim, Darchula, Byas, Ward 4
दार्चुलामा मतदान गर्न सदरमुकाबाट गाउँ जाने क्रममा पुरुषको हत्या अभियोगमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । व्यास गाउँपालिका-४ को डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्या अभियोगमा सोही ठाउँका २५ वर्षीय दिपक विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) तर्कराज पाण्डेले सदरमुकाम खलंगामा होटल सञ्चालन गर्दै आएका विष्ट मंसिर २ गते मतदान गर्न भनेर घर गएका थिए ।
३ गते बेलुकादेखि सम्पर्कविहीन बनेका विष्ट मंसिर ४ गते स्थानीय गोदार खोलामा ढुंगाले च्यापेको अवस्थामा मृत भेटिएका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोगमा अनुसन्धान गर्ने क्रममा मंसिर ३ गते राति १० बजेतिर डोब भन्ने ठाउँमा मृतकसँगै मदिरा सेवन गरेका दिपकले हत्या गरेको खुलेपछि पक्राउ गरिएको डीएसपी पाण्डेले बताए । अभियुक्त विष्टले विवादका क्रममा टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेर शव घिसारेर दुई सय मिटर तल गोदरा खोलामा फालेर ढुंगाले च्यापेको बयान दिएको प्रहरीको भनाई छ । जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर विष्टमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार मृतक विष्ट विगत १० वर्षदेखी दार्चुला सदरमुकाम खलंगामा होटल सञ्चालन गर्दै आएका थिए । उनका श्रीमति र ४ जना नाबालक छोरी रहेका छन् ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | Blunt weapon |
Primary Cause | Unclear |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance