Incident Reports

‘चुनावी रिसिइबी’ साध्न युवकको हत्या

2022-11-25

Madhes, Siraha, Bariyarpatti, Ward 1

सिरहा बरियारपट्टी गाउँपालिका–१ नरगीका ३२ वर्षीय एक युवकको हत्या भएको छ । नरगी टोलका ३२ वर्षीय रामशंकर यादवलाई बुधबार राति हत्या गरी नरगी–बडहरी सडक खण्डमा फालिएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीका अनुसार नरगी–बडहरी सडक खण्डमा सडक दुर्घटनामा युवकको मृत्यु भएको खबर आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । हत्यामा संलग्न आरोपमा बरियारपट्टी गाउँपालिका–१ बडहरीका ४८ वर्षीय दिपु भन्ने दिपेन्द्र कुमार यादव र ४२ वर्षीय अजयकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

मृतकका आफन्तले कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएपछि पक्राउ गरी अनुसन्धान पढाएको डीएसपी बुढाथोकीले जानकारी दिए । मृतकको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ ।

यस्तो थियो घटना

मृतक रामशंकर, दिपेन्द्र र अजय गाउँटोल सँगै घुमफिर गर्ने, खानपिन गर्थे । स्थानीयका अनुसार रामशंकर कांग्रेसका कार्यकर्ता थिए भने अजय साह र दिपेन्द्र माओवादीमा संलग्न थिए । फरक दलमा भए पनि आइतबार सम्पन्न चुनावमा भोट माग्न उनीहरू सक्रिय थिए । सम्बन्ध रामै्र थियो । सिरहा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार चित्रलेखा यादव पराजित भइन् । सोही क्षेत्रमा पर्ने बडहरी र नरगी गाउँबाट अपेक्षा गरेअनुरुप उम्मेदवारलाई भोट परेन ।

मृतकका भाइ सुरेश यादवका अनुसार शुक्रबार राति दिपेन्द्रले रामशंकरलाई फोन गरेर बोलाएपछि उनी नरगी चोकतिर गएका थिए । ‘दिपेन्द्र, अजय र डम्बरसहितले दाजु रामशंकरलाई नरगीको सीमामा रहेको मदिरा पसलमा लगे,’ सुरेशले भने, ‘त्यहीँ उनीहरूले दाजु रामशंकरको हत्या गरेर सडकमा फाले ।’

रामशंकर शुक्रबार राति मृत फेला परेपछि भोलिपल्ट स्थानीयले दिपेन्द्रलाई खोज्दै घर गए । दिपेन्द्रको निर्माणाधीन घरमा रामशंकरको मफलर रगतले लतपतिएको भेटिएपछि दुर्घटना नभइ हत्या भएको भन्दै प्रहरीलाई अनुसन्धानका लागि दबाब दिए । घरको कोठादेखि आँगनसम्म रगतको छिटा गोबर र माटोले लिपेर मेट्न खोजिएको जस्तो देखिएपछि हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा प्रहरी पुग्यो । सुरुमा सडक दुर्घटनाजस्तो देखिए पनि स्थानीयको सहयोगमा घटना अनुसन्धान गर्दै जाँदा प्रारम्भिक अनुसन्धानमै हत्याको रहस्य खुलेको हो ।

पक्राउ परेका दिपेन्द्र र अजयलाई जिल्ला अदालत सिरहाबाट सोमबार म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।चुनावी परिणाम पछि उनीहरुबीच खटपट परेको र सोही निहुँमा दाजुको हत्या गरेको सुरेश र आफन्तको आरोप छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
Total Killed 1
Election-related cause primary
Election-related cause secondary
National/Online Media

0 Comments